४८ पदकाे लागि २८१ जनाकाे उम्मेदवारि दर्ता

छहारी संवाददाता
कार्तिक २८, २०७६

आगामी मङ्सिर १४ गते स्थानीय तहकाे उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनका लागि स्थानिय तहमा नाम दर्ता गराउने समय मंगलबार ताेकियकाे थियाे । मंगलबार साझ सम्ममा स्थानिय तहहरूमा ४८ पदका लागि हुने उपनिर्वाचनमा २८१ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको जनाएकाे छ ।     
     
स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ रिक्त पदका उपनिर्वाचन हुँदैछ ।

उम्मेदवार दिनेमध्ये राजनीतिक दलका २१७ र स्वतन्त्र उम्मेदवार ६४ जना रहेको आयोगले जनाएको छ । मनोनयपत्र दर्ता गर्ने महिला उम्मेदवारको सङ्ख्या २६ छ ।   

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*