स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता 

छहारी संवाददाता
कार्तिक २७, २०७६

मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।

बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको र आजै उम्मेदवारको सूची प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । सम्बन्धित स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने छ ।

कात्तिक १ गते ‍समय तालिका सार्वजनिक गर्दै २७ गते बिहीबार उम्मेदवारमाथि उजुरी गर्ने, २९ गते नामावली प्रकाशन गर्ने, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी थियो । उम्मेदवारहरुलाई मंसिर १ गते निर्वाचन चिह्न वितरण गरिने छ ।

स्थानीय तह अन्तर्गत धरान उपमहानगरपालिका ९सुनसरी०मा मेयर, फाल्गुनन्द गाउँपालिका (संखुवासभा)मा अध्यक्ष, पिपरा गाउँपालिका (महोत्तरी) मा अध्यक्ष तथा खार्पुनाथ गाउँपालिका (हुम्ला) मा उपाध्यक्ष पदाका लागि निर्वाचन हुँदैछ।

त्यस्तै, ३७ जिल्लाका ४३ वडा अध्यक्षको पनि निर्वाचन हुँदैछ। मकवानपुरमा भने उपनिर्वान नहुने भएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*