अभिनेत्री शिल्पाले हालेको रिट निवेदन खारेज

सर्वोच्च अदालतले बहुबिबाहको मुद्धामा आफूलाई पक्राउ नगर्न अभिनेत्री शिल्पा पोखरेलले हालेको रिट निवेदन खारेज गरेको छ।
मंगलबार न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज कुमार शर्माको इजलासले पोखरेलको रिट खारेज गर्ने निर्णय गरेको हो।
सिनेमा निर्माता छबि ओझा तथा अभिनेत्री पोखरेलविरूद्ध ओझाकी जेठी श्रीमती हेमा ओझाले बहुविवाह गरेको भन्दै उजुरी हालेकी थिइन।
नायिका पोखरेलको निवेदन खारेज भएसँगै उनलाई पक्राउ गर्ने बाटो खुलेको छ। हेमाको उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो।
जिल्ला अदालतले पुर्जी जारी गरेपछि नायिका पोखरेलले उच्च अदालतमा पक्राउ पुर्जी खारेज गर्न निवेदन दिएकी थिइन्। सेतोपाटी डटकमबाट







