लिपुलेक बिबादमा छलफल गर्न संसदीय समितिको बैठक आह्वान

छहारी संवाददाता
कार्तिक २३, २०७६

पछिल्लो समय भारतले निकालेको आफ्नो नक्सामा नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक पारेपछि यसको सर्वत्र विरोध भइरहेको छ ।

राजनितीक दल, विद्यार्थी संगठनहरु लगायतले तत्काल नक्सा सच्याउन भारतलाई चेतावनी दिँदै आन्दोलनका कार्यक्रम तिब्र पारेपछि सरकारलाई पनि दबाब बढेको छ ।

यसैबीच, भारतले आइतबार सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी उसको भूभागमा समेटेको भन्ने सम्बन्धमा छलफल गर्न संसदीय समितिमा प्रधानमन्त्रीलाई बोलाइएको छ ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले आउँदो सोमबार बस्ने समितिको बैठकमा कालापानीका विषयमा सरकारको धारणा लिन प्रधानमन्त्रीलाई बोलाएको हो ।

नेपाल-भारतबीच कालापानीका सम्बन्धमा पछिल्लो समय उठेका प्रश्नबारे प्रधानमन्त्रीसँगै छलफल गर्नुपर्ने भएकाले समितिले उहाँलाई आगामी सोमबारको बैठकमा बोलाउने कार्यसूची तयार गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*