आज हरिबोधिनी एकादशी

छहारी संवाददाता
कार्तिक २२, २०७६

आज हरिबोधिनी एकादशी । वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी भएकाले यसलाई ठूलो एकादशी पनि भनिन्छ ।

हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन चिर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नु हुने पुराणहरूमा उल्लेख गरिएको छ।

यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुरा उल्लेख गरिएको छ।

यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने विश्वास गरिन्छ । हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीसवटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ ।

हिन्दूधर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । आजको दिन भक्तालुहरु विहानैदेखि नुहाईधुवाई अनि चोखोभएर व्रत बस्ने अनि फलाहार तथा कन्दमुल चोखोनितो खानेकुरा लिने चलन छ ।

आज काठमाण्डौको पश्चिममा इचंगुु नारायण, पूर्वमा चांगुु नारायण, उत्तरमा विशखुं नारायण अनि दक्षिणमा शेष नारायणका रुपमा विष्णुले काठमाण्डौलाई हेरिरहेको जनविश्वाश छ । हेटौडाकमो त्रिखण्डी, त्रिवेणीधाम लगायत चितवन, नवलपरासीमा रहेका विष्णुका मन्दिरहरुमा विशेष मेला लाग्ने गर्दछ

तुलसीको महत्व
वैदिक सनातन हिन्दू धर्मशास्त्रमा आयूर्वेद समेत महत्वपूर्ण भूमिका लिएको तुलसीको विरुवाको महत्व ठूलो छ ।

धार्मिक र सांस्कृतीक अनि वैज्ञानिकरुपमा पनि अति उपयोगी यस वनस्पतीलाई आंगनमा तुलसाको मठ बनाएर रोप्ने चलन छ । यसरी औपचारीक रुपमा हरिशयनी एकादशीमा रोपिएको तुलसीको विरुवा हरिबोधिनी एकादशीसम्ममा धेरै ठूलो भइसकेको हुन्छ ।

आजको दिन विधीपूर्वक जप, होम गरेर तुलसीको होम लगाइन्छ भने यसरी अषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीलाई आज पिपलसंग विवाह गरिदिने परम्परा पनि रहेको छ । तुलसीको मठको चारै तर्फ बाँसको लिंगो गाडेर अनि रगंरोगन गरेर श्रृंगारिन्छ ।

यसरी होम लगाँउदा रुद्रि पूजा पनि गरिने चलन छ । नयाँ धानको चामल कुटेर त्यस्मा दही, सख्खर आदि मिसाएर न्वाँगी चढाउने र प्रसादका रुपमा ग्रहण गर्ने चलन पनि छ । यस अर्थमा आजको दिन यसवर्षको नयाँ अन्नको औपचारीक प्रयोग गर्ने दिन पनि हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*