उपनिर्वाचनका लागि आज मनाेनयन दर्ता हुँदै

मकवानपुरको भिमफेदी ५ मा वडाध्यक्ष पद रिक्त रहेपनि उपनिर्वाचन नहुने
छहारी संवाददाता
कार्तिक २१, २०७६

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुको आज मनोनयन दर्ता हुँदैछ।  

सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन हुनेछ जसका लागि मुख्य राजनीतिक दलहरुले उम्मेदवार टुंग्याइसकेका छन्।

आज बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ता हुने र निर्वाचन कार्य तालिका अनुसार २४ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ ।

उपनिर्वाचनमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा गरी ५२ पदका लागि निर्वाचन हुँदैछ। ३७ जिल्लाका तोकिएका क्षेत्र र स्थानीय तहमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ।

यद्यपी  मकवानपुरमा भने उपनिर्वाचन नहुने भएको छ । मकवानपुरको भिमफेदि गाउपालिकाको वडा नं ५ मा वडाध्यक्ष पद रिक्त रहेपनि उक्त पदको लागि उपनिर्वाचन नहुने निर्वाचन कार्यालय प्रमुख गोविन्द प्रसाद पौडेलले जानकारि गराउनु भएको छ। उक्त पदका लागि सकैको पनि उमेद्वारी नरेको उहाँले बताउनुभयो ।

निर्वाचनमा यसअघि भाग लिइसकेका ८५ वटा पुरानै दल सहभागी हुँदैछन्। यस्तै, १६ वटा नयाँ दलले पनि निर्वाचनमा सहभागिता जनाउनेछन्। मनोनित उम्मेदवारका लागि भने पाँच दिन भित्र कात्तिक २५ गते चुनाव चिह्न दिइनेछ। स्थानीय तहको हकमा मनोनयन कात्तिक २७ गते हुनेछ। 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*