आफनो नक्साबाट नेपालको भूभाग तत्काल हटाउन भारतलाई चेतावनी

भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक,लिम्पियाधुरा सहितको भूभाग पारेको प्रति विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीले आज एक विज्ञप्ति जारी गरी भारतको साम्राज्यवादी अतिक्रमणकारी रबैया नोपल माथीको हमला हो भन्दै आपत्ती जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ– 'भारतले नेपालको स्वाधिनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकताको ठाडो र नाङगो हस्तक्षेप गरेको छ ।'
नेपाल कम्युनिष्ट पाटीले भारतको हस्तक्षेपको घोर भत्सर्ना गर्दै तत्काल नक्सा सच्याउन सचेत गराएको छ । अन्यथा राष्ट्रिय स्वाधिनताका लागि आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।
नेपालको स्वाधिनताको रक्षाका लागि समपूर्ण पार्टी, देशभक्त वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशिल र सबै क्षेत्रका नागारिलाई एकजुट हुन नेपाल कम्युनिष्ट पार्टीले अपिल समेत गरेको छ ।







