आलमविरुद्ध आज मुद्दा दायर हुने

रौतहट बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताव आलमविरुद्ध अाज मुद्दा दायर हुने भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनीसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दै मुद्दा दायर गर्न लागेको हो।
अपराधका सम्पूर्ण प्रमाणसहित मुद्दा दायर हुने सरकारी वकिल कार्यालयले जनाएको छ।
प्रहरीले तत्कालिन प्रहरी अधिकारीहरुसँग समेत कागज गराएर अनुसन्धानलाई बलियो बनाएको छ।







