मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला

छहारी संवाददाता
कार्तिक १८, २०७६

सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो ।

डा. कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत प्रस्ताव गरिएको छ ।

तर, त्रिविमा भन्दा डा. कोइरालालाई काउन्सिलमा अध्यक्ष बनाउन उपयुक्त हुने सुझाव धेरैतिरबाट आएपछि उहाँलाई अध्यक्ष नियुक्त गरिएकाे बताइएकाे छ ।

उज्यालाे अनलाइन 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*