क्यानडामा करिव डेढ कराेड लागतमा पशुपतिनाथकाे मन्दिर निर्माण गरिदै(तस्वीरहरु)

छहारी संवाददाता
कार्तिक १८, २०७६

क्यानडाकाे टोरन्टोमा पशुपतिनाथको मन्दिर स्थापना गर्ने उद्देश्यले नेपालीहरुले देउसीभैलो कार्यक्रम गरेका छन् । 

क्यानडामा बस्‍ने नेपालीबीच सद्भाव बढाउने र विदेशी भूमिमा नेपाली संस्कृति चिनाउने उद्देश्यले देउसीभैलो कार्यक्रम आयोजना गरिएको नेपाली क्यानेडियन कम्युनिटी सर्विसेस (एनसीसीएस) का अध्यक्ष बिदुर केसीले जानकारी दिनुभयो ।

देउसिभैलाेबाट करिब ८ लाख नेपाली रुपैयाँ उठ्ने र करिब डेढ कराेड रुपैयाँ नेपाली दाताहरूबाट संकलन गरि मन्दिर बनाउने केसिले जानकारी दिनुभयो । 

श्रीपशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र र एनसीसीएसको संयुक्त आयोजनामा देउशिभैलो कार्यक्रम गरिएको हो । कार्यक्रम गत अक्टाबर २४ बाट सुरु भएको थियो।  

करिब १० दिन चलेको देउसी भैलो कार्यक्रमको समापन आज मासी स्क्वायरमा गर्न लागिएको आयोजकले जनाएको छ ।

देउसी टोलीमा अध्यक्ष केसीको साथै सदस्य तुलसी पाठक, पत्रकार तथा समाजसेवी बद्री तिमल्सिना, हिमालयन भाइब्सका प्रतिनिधि हरि लम्साल लगायतको सहभागिता थियो ।

कार्यक्रमबाट करिब ८ हजार क्यानडियन डलर उठ्ने अनुमान गरेकाे संस्कृति केन्द्रकी अध्यक्ष अरुणा पौडेलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*