व्याट्रि सर्ट भइ अटाेमा आगलागि

छहारी संवाददाता
कार्तिक १५, २०७६

हेटौँडाबाट पदमपोखरीतर्फ जाँदै गरेको ना१ह ७०८६ नम्बरको अटोमाा अागलागि हुँदा चालक घाइते भएका छन ।

उक्त अटाेकाे व्याट्री एक्कासी सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट अटो चालक हेटौँडा–१२ का ३३ बर्षीय राजु तामाङ सामान्य घाइते भएका हुन् । 

परिवार लिएर घरतर्फ जाँदै गरेको अवस्थामा हेटौँडा–९ स्थित कुखरेनी खोला नजिक अटोमा आगलागी भएको थियो । अटोको पछाडिको भागमा क्षति पुगेको छ । प्रहरी र स्थानीयले आगो निभाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*