निर्वाचन आयोगले गर्यो १७ राजनीतिक दलसँग छलफल

छहारी संवाददाता
कार्तिक १५, २०७६

प्रमुख राजनीतिक दलसहित १७ दलले मंसिर १४ गते हुने उपनिर्वाचनमा निर्वाचन आचार संहिता पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।

आज निर्वाचन आयोगले बोलाएको बैठकमा विभिन्न १७ दलका प्रतिनिधिले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न पदमा हुने उपनिर्वाचनको समयमा आचारसंहिता पालनाको विषयमा छलफल गर्न आयोगले सरकार र विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली छलफलमा सहभागी हुनुभएको थियो । नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, नेपाली काँग्रेसका तर्फबाट नेता एनपी साउँदलगायत नेता छलफलमा जानुभएको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा ७६ दलले र स्थानीय तहको उपनिर्वाचनमा ७८ दलले सहभागिता जनाउँदैछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*