रेलमा आगलागि हुँदा मृत्युु हुनेकाे संख्या ६५ पुग्याे ।

पाकिस्तानको कराँचीबाट रावलपिन्डीका लागि प्रस्थान गरेको रेलमा आगो लाग्दा मृत्यु हुनेको संख्या कम्तिमा ६५ पुगेको छ ।
रेलवे मन्त्री शेख रसिद अहमदले ग्यास सिलिण्डर विस्फोटका कारण सो आगलागी भएको जनाएका छन् । यात्रुले ब्रेकफास्ट पकाउँदै गर्दा सो सिलिण्डर पड्केको बताइएको छ ।
आगोको ज्वाला कम्तिमा तीन वटा क्यारिएजसम्म फैलिएको थियो । धेरैजसो यात्रुको हामफालेर भाग्न खोज्दा मृत्यु भएको जनाइएको छ ।
(बीबीसी)







