कर्फ्यु जारि भएकाे २ घण्टा नवित्दै १ काे मृत्यु ।

छहारी संवाददाता
कार्तिक १४, २०७६

कपिलवस्तुको कृष्णनगरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।

प्रहरीको गोली लागेर कृष्णनगर नगरपालिका मडाहा गाउँका सुरजकुमार पाण्डेको मृत्यु भएको अल नेपाल मुस्लिम संगठनका केन्द्रीय अध्यक्ष सेराज फारुकीले दाबी गरेका छन ।

प्रहरीले घटना लुकाउन खोजेको उनको आरोप छ।

यता प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले भने मृत्यु भएको पुष्टि गरेका छैनन ।

बुधबार साँझ लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा हिन्दु र मुस्लिम समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अहिले विहान ११ वजेदेखि कृष्णनगरमा कर्फ्यु जारी गरेको थियाे ।

कर्फ्यूपछि पनि झडप बढेपछि प्रहरीले गोली चलाएको हो । बढ्दो तनावलाई नियन्त्रण गर्न प्रहरीले त्यसअघि केही सेल अश्रुग्यास प्रहार गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*