आज छठकाे पहिलाे "नहाय खाय " दिन सुरू

नेपालकाे अधिकांश क्षेत्रमा धुमधामसंग मनाईने पर्व छठ अाजदेखि सुरू भएकाे छ ।
चार दिनसम्म निष्ठापूर्वक मनाइने छठको आज पहिलाे दिन व्रतालुहरुले नुहाएर चोखो खाने गर्दछन् । आजको दिनलाई नहाय खाय पनि भनिन्छ ।
अाजदेखि मुख्य रूपमा चारदिनसम्म व्रतालुले चाेखाे भई निष्ठापुर्वक मनाउने यस पर्व विशेषत मिथिलाञ्चल तथा तराईमा धुमधामले मनाईन्छ ।
पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको दिन व्रतालुहरुले दाेस्राे दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर गग्रहण गरी खरना गर्दछन् । उक्त खरना अाफ्ना छरछिमेक तथा कन्याहरूलाई प्रसादकाे रूपमा खुवाईन्छ ।
छठ पर्व विशेषत अति कठिन पनि मानिन्छ नयाँ वस्त्र धारण गरेर नयाँ चुल्हाेमा नयाँ भाडामा नबाेलिकन पकाएकाे खाना खानुलाई विशेष ध्यान दिइन्छ । छठ पर्व व्रतालुले जमिनमा सुत्नुपर्ने मान्यता समेत रहेकाे छ ।
त्यस्तै तेस्राे अर्थात मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्ध्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गर्छन् भने चाैथाे दिन बिहान उदाउँदो सूर्यलाई अर्ध्य दिएपछि छठपर्व विधिवत समापन हुन्छ ।
छठ पर्वमा काेशि भर्न बाँसको ढकी, डग्री, माटोको कोसिया कुरबार, हात्ती लगायतका सामग्रीहरु चढाइन्छन् । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।
अस्ताउँदो र उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण गरि रातभर जाग्राम बस्ने गरिन्छ ।
अर्घ दिने व्रतालु ३६ घन्टासम्म पानी पनि नखाइ उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्यनारायणलाई लअर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठाका हिसाबले कठोर पर्वको रुपमा मानिन्छ ।







