भारतिय नागरिक २ राउण्ड गाेलि सहित पक्राउ

छहारी संवाददाता
कार्तिक १३, २०७६

धनुषामा एक भारतीय नागरिक २ राउण्ड गोलीसहित पक्राउ परेका छन् ।

धनुषाको बिदेह नगरपालिका–९ ईटहर्वबाट भारत मधुवनी हर्लाखी थाना बिसौल बस्ने सुमित मण्डल गोलीसहित पक्राउ परेका हुन्।

भारतबाट नेपालतर्फ आउँदै गरेका विआर ३२ ए १७०३ र विआर ३२ ए ६५४४ नम्बरको मोटरसाइकल जाँचको लागि रोक्ने क्रममा मोटरसाइकल छाडी भाग्न खोजेका मण्डललाई प्रहरी चौकी ईटहर्वाबाट खटिएको प्रहरीले उक्त गोली र दुबै मोटरसाइकल सहित पक्राउ गरेको हो।

हाल फरार रहेका उक्त मोटरसाइकलमा सवार अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*