सोलुखुम्बुु ट्रेल रेस’को पहिलो संस्करण अाजबाट सुरू

छहारी संवाददाता
कार्तिक १३, २०७६

संसारकै लामो ‘सोलुखुम्बुु ट्रेल रेस’को पहिलो संस्करण अाजबाट सुरु भएको छ ।

३ सय १० किलोमिटर दूरीको सोलुखुम्बु ट्रेल अाज बिहानदेखि ओखलढुंगा र सोलुखुम्बुको सिमाना जन्तरधापबाट सुरु भएको हो ।

जन्तरधापबाट सुरु भएको रेस सगरमाथा आधार शिविर पुगेर पुनः फाप्लु आएर टुँगिने आयोजक द स्मल वर्ल्डका अध्यक्ष कर्मा शेर्पाले जानकारी दिनुभयो । धावकहरु पिके, लामाजुरा पास गर्दै जुनबेसी, टाक्सिन्दु गुम्बा र दूधकुण्ड हुँदै दौडने रुट छ ।

दौड पूरा गर्न १५ दिन लाग्नेछ । रेसमा ५ हजार ४ सय मिटर अग्लो सगरमाथा क्षेत्रको रेन्जोला पास, गोक्यो भ्याली, ५ हजार ३ सय ६४ मिटर उचाइमा रहको सगरमाथा आधार शिबिर पुग्नुपर्नेछ । फर्किने क्रममा गोरक्सेप, लोबुचे, फेरीचे, तेङबोचे, नाम्चेबजार, लुक्ला, खरी खोला, नुनथला, टाक्सिन्दु हुँदै फाप्लु आइपुग्नेछन् । 

प्रथम सगरमाथा आरोहीहरु तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारी हिँडेको ऐतिहासिक पदमार्गलाई पछ्याउँदै धावकहरु दौडिने अध्यक्ष शेर्पाले बताउनुभयो । रेसमा ६५ जना विदेशी र १५ जना नेपाली धावकहरु सहभागी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*