कार्तिक १३ गते सार्वजनिक बिदा

छहारी संवाददाता
कार्तिक ७, २०७६

सरकारले नेवार समुदायले मनाउने किजा पूजाका अवसरमा कार्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले किजा पूजाका अवसरमा सार्वजनिक बिदा दिइने बताउनुभयो ।

पञ्चाङ्ग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेका कारण सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नम्बर ३ का सांसद डाक्टर अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कात्तिक १३ गते पनि सार्वजनिक बिदा दिन आग्रह गरेका थिए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*