पशुपति घाट सेवा केन्द्रका कर्मचारीलाई सेवा सुविधा बढाउने सहमति

छहारी संवाददाता
कार्तिक ७, २०७६

पशुपति क्षेत्र विकास कोषले घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेको छ ।

घाट सेवा केन्द्रका कर्मचारीहरुले आफ्ना सेवा सुविधा बढाउने माग सम्बोधन नगरेको भन्दै आज बिहान शव जगाउने लगायतका काम ठप्प पारेपछि कोषले तत्काल सम्बन्धित पक्षसँग छलफल गरी उनीहरुको सेवा सुविधा बढाउने सहमति गरेको हो ।

घाट सेवा केन्द्रका कर्मचारीहरुसँग उनीहरुको सेवा सुविधा वृद्धि गर्ने विषयमा सहमति गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो ।

काठमाडौं महानगरपालिका ८ का वडाध्यक्ष दिनेशकुमार डंगोलको उपस्थितिमा गरिएको सहमतिमा घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाएको उल्लेख गर्दै त्यसलाई आजैका मितिबाट कार्यान्वयनमा लैजाने कोषले जनाएको छ ।

सहमति अनुसार घाट सेवा केन्द्रका कर्मचारीहरुले अव एउटा शव जलाए वापत १२ सय रुपैयाँबाट १५ सय रुपैयाँ पाउने छन् भने औषधि उपचार खर्च पाँच हजारबाट बढाएर १५ हजार पु¥याइएको छ । त्यसैगरी अवकाश पाउँदा उपदानवापत डेढ लाख पाउनेमा पाँच लाख पु¥याइएको छ ।

१० वर्ष काम गरेका घाट सेवाका कर्मचारीलाई अवका शवापत ५० हजार दिँदै आएकोमा अव एक लाख ५० हजार पाउने छन् ।

सदस्य सचिव ढकालले १० वर्षदेखि १५ वर्षसम्म काम गर्दै आएको घाट सेवाका कर्मचारीलाई एक लाख अवकाशपछि पाउने उपदान बढाएर तीन लाख दिने सहमति गरिएको बताउनुभयो । सीआईएन

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*