सरकार पुर्नगठन गरी जनताका असन्तुष्टी समाधान गर्नुपर्छः नेता खनाल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बर्तमान सरकारको पुर्नगठन गर्नुपर्ने बताउनुभएको छ ।
सरकार प्रति जनताको असन्तुष्टि चुलिंदै गएकोले अव सरकार पुर्नगठन गर्नुपर्ने उहाँको भनाइ थियो ।
नेकपा कपिलबस्तुले सदरमुकाम तौलिहवामा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा खनालले नेपालमा ५६ वर्षमा जनवादी क्रान्ति सफल भएको बताउनुभयो ।
वरिष्ठ नेता खनालले रचनात्मक ढंगले मुलुकको आर्थिक उन्नतिको काममा केन्द्रित हुन पनि पार्टीका सबै नेता, कार्यकतालाई आग्रह गर्नुभयो ।
यसैबीच संघीय सरकारका कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनाल बलदेवले किसानहरुका लागी योगदान आधारित निबृत्ती भरणको ब्यबस्था लागु गरिने बताउनुभयो ।







