उपनिर्वाचनमा नेकपा र राष्ट्रिय जनमोर्चाबीच तालमेल गर्ने सहमति
मंसिर १४ मा हुने उपनिर्वाचनमा सत्तारुढ नेकपा र राष्ट्रिय जनमोर्चाबीच बिगतको गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ ।
आज प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किएका जनमोर्चाका नेताहरुले चुनावी तालमेल गर्ने सहमति भएको बताएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपा अध्यक्ष ओलीले विगतको निर्वाचनमा जसले जहाँ सघाएको थियो सोही सहकार्य यथावत राख्ने प्रस्ताव ल्याएको जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले बताउनुभयो ।
२०७४ सालको निर्वाचनमा तत्कालिन एमाले माओवादी गठबन्धनले राजमोलाई बागलुङको प्रदेशसभा सदस्यमा सघाएको थियो ।
प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधनपछि सो स्थानमा नेकपाले आफूहरुलाई सघाउने र बाँकी सबै ठाउँमा नेकपालाई सघाउने निर्णय भएको केसीले बताउनुभयो । मौखिक रुपमा सहकार्यको सहमति भए पनि दुई पार्टीबीच लिखित सहमति हुन बाँकी छ ।







