राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे प्रधानमन्त्रीको चासो

छहारी संवाददाता
कार्तिक ७, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे चासो व्यक्त गर्नुभएको छ ।

आयोजनाको अपेक्षाकृत प्रगति हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्समार्फत राष्ट्रिय गौरबको आयोजना निर्माणको प्रगतीबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज  ६ वटा राष्ट्रिय गौरवका आयोजनामा भइरहेको कामका विषयमा आयोजना प्रमुखहरुसँग प्रत्यक्ष संवाद गर्नुभएको हो । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट सम्बन्धित आयोजनामा भइरहेको काम सिसिटिभीको भिडियो हेरेर आयोजना प्रमुखसँग प्रधानमन्त्रीले कुरा गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले भेरी बबई डाइभर्स बहुउद्देश्यीय आयोजना, सिक्टा सिंचाई आयोना, पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल, भैरहवा अन्तराष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग लगायतका आयोजना प्रमुखसँग संवाद गर्नुभएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*