सरकारको स्पस्ट निती नहुँदा पुननिर्माणमा समस्याः रघुनाथ खुलाल

भुकम्प पछिको पुननिर्माण र पुनस्थापनामा सदाचार सरोकारवालाहरुसंग नितीगत छलफल कार्यक्रम आज हेटौडामा सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी खुलाले पुननिर्माण प्रकुयामा सरकारको निती परिवर्तन भईरहने र स्पस्ट निर्देशन नहुने समस्याले गर्दा पुननिर्माणमा समस्या भएको बताउनुभयो ।
सरकारले दिएको अनुदानबाट मात्र घरबनाउछु भन्ने मान्यता गलत रहेको उहाँले बताउनुभयो । भुकम्प गएको एतिका समय सम्म पनि गुनासो मात्र गरेर समृद्धि हासिल नहुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख भगवती पुडासैनी, ट्रान्सपरेन्सी ईन्टरनेशनलका सिनीयर अफिसर दिनानाथ भट्टराई, हेटौडा उपमहानगरपालिकाका वडा स्तरीय जनप्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।







