गाँजाकाे ज्याकेट लगाई हिड्ने दुईजना प्रहरिकाे नियन्त्रणमा

मकवानपुर प्रहरीले ज्याकेट जस्तै गरि सिलाई लगाएका दुई जनालाई गाँजा सहित पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय हेटाैडाले पत्रकार सम्मेलनमा जानकारि गराउँदै ज्याकेट भित्र लुकाइ छिपाई ज्याकेटकै सेपमा सिलाई लगाई ल्याएको ४ किलो लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको जानकारि गराएकाे हाे ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी सहायक निरीक्षक महानन्द प्रसाद कुर्मीको कमाण्डमा खटि गएको प्रहरी टोलीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटोबाट हेटौडाबाट विरगंज तर्फ जाँदै गरेको ना ५५ प ६०२५ नम्बरको मोटरसाइकललाई रोकि चेकजाँच गर्दा लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको हो ।







