राजनैतिक दलहरूले मनगडन्ते कुरा गरेर हैरान: सभामुख श्रेष्ठ

छहारी संवाददाता
कार्तिक ५, २०७६

प्रदेश तिनका सभामुख सानुकुमार श्रेष्ठले राजनैतिक दलहरूले मनगडन्ते कुरा गरेर सत्य तथ्यलाई छायामा पारेकाे बताउनुभएकाे छ ।

राजनैतिक व्यक्तित्वहरूले संविधान संम्वत कुराहरू र तथ्यमा अाधारित कुराहरू गर्नुपर्ने बताउँनुहुँदै मनगढन्ते कुरा गरेर देशकाे विकास नहुने र संविधानकाे पालना नहुने बताउनुभयाे ।

प्रदेशसभा, सांसद र पत्रकारहरू बिचकाे सम्बन्ध हालकाे अवस्था कमजाेर रहेकाे प्रति दुखेसाे व्यक्त गर्दै सभामुख भन्नुहुन्छ – "अब हामी पत्रकारहरूसंगकाे सम्वन्धलाई मजवुत बनाउनेछाै ।"

अाज हेटाैडामा संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम अन्तर्गत संसद सहयाेग परियाेजनाकाे अायाेजनामा संचालित संसदिय मामिला पत्रकारिता सम्वन्धमा पत्रकार अभिमुखिकरण कार्यक्रममा बाेल्दै सभामुखले अान्तरिक लगानि बृद्दिका लागि प्रदेश, स्थानिय र निजि क्षेत्रकाे सहभागितामा कार्ययाेजना निर्माणमा प्रदेश सरकार जुटिरहेकाे समेत जानकारि गराउनुभएकाे छ ।

नेपालमा निर्यात भन्दा वढि अायत धेरै भएकाे कुरालाई मध्यनजर गर्दै अायात कम गर्ने उद्देश्यले यस्ताे रणनिति अघि सारेकाे पुष्टि गर्नुभएकाे छ ।

कार्यक्रममा अधिवक्ता तथा संविधानसभा सदस्य रेवति रमण भण्डारिले संसदिय प्रक्रिया र सुचना सम्प्रेषणमा पत्रकारहरूले ख्याल गर्नुपर्ने विषयमा प्रस्तुतिकरण गर्दै हुनुहुन्छ भने अन्नपुर्ण पाेष्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापाले संसदिय मामिला पत्रकारिता अवधारणा अभ्यास र चुनाैति र प्रभावकारि संसदिय अभ्यासका लागि संसद सचिवालय र पत्रकार सम्वन्धका वारेमा प्रस्तुति गर्नुहुनेछ ।

नेपाल पत्रकार महमसंघ मकवानपुर शाखाकाे संयाेजनमा भएकाे कार्यक्रममा करिव ५० जना पत्रकारहरूकाे सहभागिता रहेकाे छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*