जिल्लाका १३ हजार वालवालिकाले खाए भिटामिन ए

छहारी संवाददाता
कार्तिक ४, २०७६

शनिबार र अाईतबार देशभरका ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको छ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्र्तगत पहिलो चरणअन्तर्गत ७५३ वटै स्थानीय तहका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए र पाँच वर्षसम्मका २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइएको हो ।

भिटामिन ए कार्यक्रम अन्र्तगत हेटौंडा उपमहानगरपालिकामा ६ महिनादेखि ५ बर्षसम्मका १३ हजार १ सय बालबालिकालाई भिटामिन ए खुवाइएको छ । यस्तै नगरमा ११ हजार ५ सय बालबालिकालाई जुकाको ओैषधी खुवाइएको छ । नगरका १९ वटा वडाका ९३ वटा केन्द्रबाट भिटामिन ए खुवाइने कार्यक्रमका लागि १ सय ८६ जना स्वयंसेवकहरु खटिएका नगर स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*