कृषि तथा पशुपन्छी बिकास सम्वन्धि ४६ कार्यविधि १ महिना भित्र बन्दै

सम्झना घिमिरे/प्रदेश तीनको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १ महिना भित्र ४६ वटा कार्यविधिहरू निर्माण गरिसक्ने भएकाे छ ।
कृषि तथा पशुपन्छी बिकास कार्यक्रम लागि ४६ वटा कार्यबिधिहरू निर्माणमा प्रदेश तीनको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तिव्रता दिएकाे छ ।
मन्त्रालयले ती कार्यविधिहरू कृषि तथा पशुपन्छी बिकासका विभिन्न कार्यक्रम सफल पार्ने उद्देश्यले निर्माण गर्न लागेको जनाएकाे छ ।
संङघीय कानुनले समेट्न नसकेका सामुहिक खेती तथा चक्लाबन्दी कार्यक्रम, कृषि यान्त्रिकीकरण कार्यक्रम, बृहत्तर फलफुल बिकास कार्यक्रम, बिषादी परिक्षण तथा कृषि स्वयंसेवक परिचालन सम्बन्धी बिषयहरुमा समेत प्रदेश मन्त्रालयले कार्यबिधि निर्माण गरिरहेको मन्त्रालयका प्रबक्ता डाक्टर शरण कुमार पाण्डेले जानकारी दिनुभयो ।
कार्यबिधिहरु निर्माण १ महिनाभित्र सक्ने लक्ष्य रहेको बताउँदै प्रवक्ता डा.पाण्डे भन्नुहुन्छ -"कार्यबिधि निर्माण पश्चात प्रदेश सरकारले कृषि सम्बन्धि निति तथा योजना र कार्यक्रमलाई सफल पार्न बाटो खुल्छ । "
निर्माण गर्ने कार्यबिधि मध्ये ३७ वटा कार्यबिधि स्विकृत भइसकेका छन् ।







