सिद्दार्थ माध्यमिक विधालयमा अब फरेष्ट्रि बिषयकाे अध्यापन हुने

गत बर्षदेखि कानुन बिषयमा अध्यापन सुरू गरेकाे सिद्धार्थ माविमा फरेष्ट्री विषयको समेत पढाई हुने भएको छ ।
सिद्धार्थ माविले हेटौंडा नगरमा पहिलो पटक सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी फरेष्ट्रीको ३ बर्षे डिप्लोमा कोर्षको पढाई शुरु गर्न लागेको हो ।
सिद्धार्थ माविले अहिले दोस्रो व्याचको रुपमा कक्षा ११ र १२मा कानुन बिषयको पढाई सुरु गरिसकेको छ ।
विद्यालयले भर्ना फारम खुलेको भर्ना गर्ने म्याद असोज मसान्तसम्म रहेकोमा सो अवधि बढाएर कात्तिक १७ गते सम्म पुयाएको विद्यालय प्रधानध्यापक मोहन प्रसाद शर्माले बताएका छन् । कार्तिक १४ गते प्रवेश परीक्षा हुनेछ ।
फरेष्ट्रीको लागि ४४ सिट र अध्ययन गर्न चाहने विद्यार्थीले एसईईमा अनिवार्य गणित र विज्ञानमा कम्तिमा सी ग्रेड र अंग्रेजीमा डि प्लस प्राप्त गरेको हुनेपर्नेछ ।







