खतिवडाकाे "पदचाप" संस्मरण संगालाेकाे विमाेचन

अाज हेटाैडामा साहित्यकार अरूण खतिवडाकाे "पदचाप" संस्मरण संगालाेकाे विमाेचन संघिय सांसद विराेध खतिवडाले गर्नुभएकाे छ ।
श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालकाे अायाेजनामा
भएकाे संस्मरण संगालाे विमाेचन तथा अन्तर्क्रिया कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष तथा सर्जक संजाल मकवानपुरका अध्यक्ष निमेष निखिल,
श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालकाे सदस्य ऋषिराम पाेखरेल , झर्ना साहित्य समाजका पुर्व अध्यक्ष रमेशमाेहन अधिकारि, प्रलेष मकवानपुरकि अध्यक्ष शान्तिप्रिय बन्दनाले पुस्तकबारे विबेचना गर्नुभएकाे थियाे ।
श्यामप्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष काैशल पाण्डेकाे सभापतित्व तथा संघिय सांसद प्रतिनिधि सांसद विराेध खतिवडाकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा पदचाप संस्मरणका लेखक अरूण खतिवडा, लगायतकाकाे सहभागिता रहेकाे थियाे ।
"पदचाप" संस्मरण कृति राधेश्याम विजया फाउन्डेसनद्वारा प्रकाशित भएकाे हाे ।







