जय मातृ भुमि प्यारो नेपालले गर्याे हेटौडामा नेपालको झण्डात्तोलन
जय मातृ भुमि नेपाल नामक संगठनले आज हेटौडामा नेपालको झण्डा उत्तोलन गरेको छ ।
जय मातृ भुमि प्यारो नेपालका संयोजक राजेश मानन्धरको संयोजकत्वमा हेटौडा १० मा रहेको गोरक्षश्वर महादेबको मन्दिरबाट र्याली गरी हेटौडा १० बस पार्कमा आएर झण्डा उत्तोलन गरीएको हो ।
हेटौडा १० का बालक सास्वत डंगाेलले झण्डा उत्तोलन गरेका हुन । र्यालीमा “मेरो देश मेरो नेपाल प्राण भन्दा प्यारो छ,जनता जागे देश बन्छ ” जस्ता नारा लगाइएको थियो । कार्यक्रममा संगठनका युवाहरुको सहभागीता रहेको थियो ।







