जिउदाे राहत शिक्षक चाहिन्छ: केन्द्रीय अध्यक्ष अधिकारी

छहारी संवाददाता
कार्तिक १, २०७६

घरमा सिरक अाेडेर सामाजिक संजाल चलायर राहत शिक्षकका धारणा निर्माण गर्ने राहत शिक्षकहरू चाहिन्न भन्दै नेपाल राहत शिक्षक समितिका केन्द्रीय अध्यक्ष खेमराज अधिकारीले अाफुलाई संगठनलाई बलियाे बनाउने जिउदाे राहत शिक्षक चाहिन्छ भन्नुभएकाे छ ।

संगठनलाई कमजाेर बनाउने अनि केन्द्रीय समितिलाई मात्र दाेषाराेपण गर्ने राहत शिक्षकहरूले अाफ्नाे गलत अादत वदल्न जरूरि छ भन्दै अाज हेटाैडामा सम्पन्न भएकाे समितिकाे मेचि महाकालि संगठन सुदृढिकरण अभियान तथा प्रशिक्षण कार्यक्रममा बाेल्नुहुँदै अधिकारीले संगठनमा एकता हुनुपर्छ,अाठ घण्टा यउटा कार्यक्रममा बस्न नसक्नेले सरकारसंग लडेर अाफ्नाे अधिकार कसरी प्राप्त गर्न सक्छ भन्दै अाक्रोस व्यक्त गर्नुभएकाे थियाे ।

अाफ्नाे संगठन सरकारकाे विराेधि नहुदा नहुँदै पनि सरकारले विराेधि वनाइएकाे प्रति दुख प्रकट व्यक्त गर्दै अधिकारी भन्नुहुन्छ- "पहिला शिक्षामन्त्रिले हामीलाइ विराेधि देखेका थिए निर्वाचनमा सबै हारे अब पनि साेहि प्रक्रिया दाेहाेर्याए अागामि निर्वाचनमा हामी देखाउँछाै । "

उहाँले प्रदेश तीन भित्रका जिल्लाहरूले कार्तिक मसान्त भित्र अधिबेशन गर्न निर्देशन समेत दिनुभएकाे छ ।

देशभरमा ३८ हजार ३१८ जना राहत शिक्षकहरू रहेका छन । राहत शिक्षकलाई पनि अान्तरिक प्रतिष्पर्धाकाे माध्यमबाट अन्य शिक्षक सरह स्थायी गर्नुपर्ने माग राख्दै नेपाल राहत शिक्षक समितिले सुरू गरेकाे अभियान
२६ गतेदेखि सात नं प्रदेशकाे धनगढिबाट सुरू भयकाे मेचि महाकालि संगठन सुदृढिकरण अभियान तथा प्रशिक्षण कार्यक्रम दुई गते प्रदेश नं एककाे विराटनगरमा पुगेर समापन हुने भएकाे छ ।

नेपाल राहत शिक्षक ३ नं प्रदेश समितिकाे अायाेजनामा भएकाे कार्यक्रममा नेपाल राहत शिक्षक केन्द्रिय अध्यक्ष खेमराज अधिकारिकाे प्रमुख अातिथ्यता रहेकाे थियाे । तीन नं प्रदेश समितिका अध्यक्ष बासु प्रसाद अधिकारिकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका केन्द्रीय वरिष्ठ सहअध्यक्ष नवीन सिङ धामि, बरिष्ठ सह अध्यक्ष विरेन्द्र मल्ल, केन्द्रीय सहअध्यक्ष कृष्ण विष्ट, केन्द्रीय उपमहासचिव डम्वर राई , केन्द्रीय सचिव रामराजा केसि लगायतकाकाे सहभागिता रहेकाे थियाे । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*