व्यवसायिक वाख्रापालक संघ मकवानपुरमा गाेविन्द प्रसाद सुवेदी चयन

व्यवसायिक बाख्रापालक सँघ मकवानपुरको दोस्रो अधिबेसनले गाेविन्द प्रसाद सुवेदिकाे अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति चयन भएकाे छ ।
अधिबेशनले द्वितीय अध्यक्षमा कल्याण विक्रम घलान, उपाध्यक्षमा नवराज हुमगाई, सचिबमा बद्रिप्रसाद अधिकारि सहसचिवमा सुर्यनारायण पुडासैनि, काेषाध्यक्षमा झम्कनाथ सुवेदि रहेका छन । त्यसैगरि सदस्यहरूमा राजन सुवेदी , हर्ष बहादुर वल, निता गाेपालि , धनमाया थिङ, ठाकुरराम खड्का रहेका छन ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा
संघका अध्यक्ष ज्ञान बहादुर पाख्रीनको अध्यक्षता रहेकाे थियाे ।
कार्यक्रममा प्रदेश नम्बर तीनका पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालयका निमित्त निर्देशक डाक्टर हरि कुमार रघु श्रेष्ठ, भेटेरेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र हेटौंडाका प्रमुख सुशिल के सी , नेपाल लाइभ स्टक इनोभेसन सेक्टर आयोजना बिकेन्द्रीत इकाइ कार्याल्य हेटौंडाका डाक्टर प्रबेश शर्मा, नेपाल व्यवसायिक बाख्रापालक महासँघका सचिव बद्रीप्रसाद अधिकारी, बाख्रापालक व्यवसायी कल्याण बिक्रम घलान लगायतले मन्तव्य व्यक्त गर्नूभएको थियो ।
कार्यक्रममा संघका सहसचिव नवराज हुमागाइले प्रगति प्रतिवेदन प्रस्तुत गर्नूभएको थियो ।







