महिलाबादी आधारपत्रमाथि प्रदेश स्तरीय परामर्श कार्यक्रम सम्पन्न

छहारी संवाददाता
अशोज ३०, २०७६

महिलाबादी आधारपत्रमाथि प्रदेश स्तरीय परामर्श कार्यक्रम बुधबार हेटौंडामा सम्पन्न भएको छ ।

मंगलबारदेखि भएको कार्यक्रममा सन १९९५ नोभेम्बरमा चिनको बेइजिङमा भएको चौथो बिश्व महिला सम्मेलनका प्रतिबद्धताबारे सहजीकरण गरिएको थियो ।

यस्तै सहभागिहरुले यसअघि केन्द्रिय स्तरमा प्राप्त परामर्श तथा सुझावहरुमाथि छलफल गरेका छन् । कार्यक्रमका सहभागिहरुले जलबायु परिवर्तनलाई पनि महिलाबादी आधारपत्रमा समेटिनुपर्नेमा जोड दिएका छन् ।
बियोन्ड बेइजिङ समिति नेपालको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय समाबेशी आयोगकी कार्यबाहक अध्यक्ष बिष्णु ओझाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बियोन्ड बेइजिङ समिति नेपालकी अध्यक्ष अन्जना शाक्य, एकल महिला समुहकी कार्यकारी निर्देशक सुमीरा श्रेष्ठ, मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसी, नारी सीप श्रृजना केन्द्रकी अध्यक्ष सरस्वती बर्तौला, नेपाल पत्रकार महासँघ मकवानपुरका अध्यक्ष हरि हुमागाइ लगायत प्रदेश नम्बर तीनका विभिन्न जिल्लाका महिला तथा यौनिक अल्पसँख्यकका क्षेत्रमा सक्रिय सँघसँस्थाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*