सरकारी संयन्त्रले कृषकहरुलाई हतोत्साही हुने वातावरण बनाएकाे:बाख्रापालक किसान

व्यवसायिक बाख्रापालक सँघ मकवानपुरको दोस्रो अधिबेसन बुधबार हेटौंडामा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सरकारी संयन्त्रले कृषकहरुलाई हतोत्साही हुने वातावरण बनाएकाे आरोप कृषकहरुले लगाएका छन् ।
यस्तै कृषि ऋणका लागि बैंकहरुको प्रक्रिया धेरै झन्झन्टिलो भएको समेत उनीहरुले गुनासो गरेका छन् ।
सरकारले विविध अनुदानका कार्यक्रम त ल्यायका छन तर प्राप्त गर्न अत्यधिक गार्हाे हुने गरेकाे बाख्रापालक कृषक कल्याण विक्रम घलान बताउँछन । उहाँ भन्नुहुन्छ सरकारि तवरबाटै कृषकहरूलाई हेपिएकाे कारण
अाफ्नाे पेशालाई गर्वकाे रूपमा लिन सकेका छैनाै ।
संघका अध्यक्ष ज्ञान बहादुर पाख्रीनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर तीनका पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालयका निमित्त निर्देशक डाक्टर हरि कुमार रघु श्रेष्ठ, भेटेरेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र हेटौंडाका प्रमुख सुशिल के सी , नेपाल लाइभ स्टक इनोभेसन सेक्टर आयोजना बिकेन्द्रीत इकाइ कार्याल्य हेटौंडाका डाक्टर प्रबेश शर्मा, नेपाल व्यवसायिक बाख्रापालक महासँघका सचिव बद्रीप्रसाद अधिकारी, बाख्रापालक व्यवसायी कल्याण बिक्रम घलान लगायतले मन्तव्य व्यक्त गर्नूभएको थियो ।
कार्यक्रममा संघका सहसचिव नवराज हुमागाइले प्रगति प्रतिवेदन प्रस्तुत गर्नूभएको थियो ।







