प्राविधक कर्मचारिका कारण पुनर्निर्माणका काम सन्ताेषजनक भएन : जनप्रतिनिधिहरू

३२ जिल्लाका करिव सवा अाठ लाख परिवारलाई भुकम्पले तहसनहस पारेकाे चार बर्ष पूरा भईसक्दा पनि देशभरमा जम्मा एक महिना भित्रनै १०० प्रतिशत काम पूरा गर्ने समयावधि रहँदै गर्दा अझै पाँच प्रतिशत काम बाँकि नै छ ।
मकवानपुर जिल्लामा पनि निजी आवास पुन निर्माणको काम जम्मा ८० प्रतिशत मात्र हुनु सन्तोष जनक नभएकाे भन्दै यसकाे प्रमुख कारण प्राविधिक कर्मचारिहरू भएकाे अाराेप जन- प्रतिनिधिहरूले लगाएका छन ।
आज हेटौंडामा आयोजित कार्यक्रमका सहभागिहरुले प्रशासनिक कर्मचारि र ईन्जिनियर प्राविधिकहरू समयमा अफिस नअाउनु, काम गर्न अालटाल गर्नु, स-सानाे कुरामा अड्कायर कार्य सम्पन्न गर्न तर्फ नलाग्नुकाे कारणनै मकवानपुर जिल्लामा काम समयमा नसकिएकाे बताएका हुन ।
राष्ट्रिय पुन निर्माण प्राधिकरणको आयोजनामा निजी आवास पुन कार्यक्रम सम्वन्धी हेटौंडामा आयोजित कार्यशाला गोष्ठीका अध्यक्षता गरिरहनु भएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पुन निर्माणको काम गर्ने प्राविधिक कर्मचारिहरू ईमान्दार, दृढ निश्चयि भएर द्रुत गतिमा अगाडी वढ्नुपर्ने बताउनुभएकाे छ ।
कार्यक्रममा २०७६ असार मसान्तसम्ममा पहिलाे किस्ता लिईसकेकाहरूकाे लागि कार्तिक मसान्त सम्ममा दाेस्राे किस्ता लिईसक्नुपर्ने जानकारि गराईएकाे प्रति खेद प्रकट गर्दै थाहा नगरपालिका प्रमुुुख लवशेेर विष्ट समय थप गर्नुुुुुपर्नेे वताउनुहुुुुन्छ ।
त्यस्तै मकवानपुर गढि गाउपालिकका अध्यक्ष विदुर हुमगाईले यति छाेटाे समयमा कसरी काम सम्पन्न गर्ने भन्नुहुन्छ । कर्मचारिहरूमा जनप्रतिनिधिहरूकाे कुनै जाेर चल्दैन उस्तै परे तलव समेत खान पाईदैन भन्दै उहाँ भन्नू हुन्छ कर्मचारिहरूमा जिम्मेवारिकाे बाेध नहुदा नियन्त्रण र नियमन हुन जरूरि छ । "
समय सिमा अवधि मात्र ताेकेर नहुने भन्दै ईन्द्रसराेवर गाउपालिकका अध्यक्ष जीवन लामा भन्नुहुन्छ "पुनर्निर्माणका काम गर्ने प्राविधिकहरू स्नातकोत्तर गर्ने भन्दै काम छाेडेर पढ्न जाने अनि काम कसरी परिणाममुखि हुन्छ । "
जिल्लामा निजी घर निर्माण गर्ने, पहिलो, दोस्रो र तेस्रो किस्ता लिने काम छिटो र छरिताे नभएको पुन निर्माण प्राधिकरणका उपनिर्देशक नारायण प्रसाद श्रेष्ठले बताउनुभयो ।
अझैपनि पुन निर्माणमा संझौता गर्न बाँकी, पुन सर्वेक्षण, लाभग्राहीमा परेकाहरुले संझौता नगर्ने, संझौता गरेकाहरुले पहिलो किस्ता लिएर पनि घर निर्माण नगरेका खालका समस्याहरु धेरै परेको उहाँले बताउनुभयो ।
कार्यक्रममा भुकम्पले भत्काईएका गुम्वा मठ मन्दिर तथा चर्चहरू सम्वन्धि कुनै उल्लेखनिय डाटा तथा काम नभएकाे प्रति समेत प्रति प्रश्न उठेका थिय ।







