हेटाैडा कपडा उधाेग सहित देशका सात वटा उधाेगहरू सञ्चालन गर्ने तयारि

हेटाैडा कपडा उधाेग सहित देशका सात वटा उधाेगहरू सञ्चालन गर्ने तयारि सरकारले गरिरहेकाे छ ।
उधाेग मन्त्रालयले प्राथमिकताका अाधारमा रुग्ण उद्योग निजी क्षेत्रलाई दिने गरी देशभरबाट पहिलाे चरणमा हेटाैडाकाे कपडा उधाेग सहित सात वटा उधाेग सञ्चालनको तयारी गरेको हाे ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्याेगकाे संरचना बेचेर दायित्व चुक्ता गर्ने तयारि गरेपछि अर्थ मन्त्रालयले दायित्व तिर्न सहमत भयपछि उधाेगहरूलाई निजिकरण गर्दै सञ्चालनमा ल्याउने तयारी गरेकाे बताउनुभएकाे छ ।
उहाँले कुनै पनि उधाेग बेच्ने पक्षमा नरहेकाे बताउनुहुँदै देशभरबाट दशवटा रूग्ण उधाेग पहिचान भईसकेकाे जानकारि गराउनुभएकाे छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हेटौँडा कपडा उद्योग, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग, ओरियन्टल म्याग्नेसाइट, वीरगञ्ज चिनी कारखाना, जनकपुर चुरोट कारखाना लिमिटेड र विराटनगर जुटमिल सञ्चालनको तयारी गरिएको छ ।







