हेटाैडामा झिलिमिलि झिल्ला कार्यक्रम हुने

छहारी संवाददाता
अशोज २८, २०७६

मकवानपुर सांस्कृतिक संरक्षण मञ्चको आयोजनामा कात्तिक ८ गते शुभ दीवापलीको शुभकामना आदानप्रदान सहित संस्कृतिक कार्यक्रम ‘झिलिमिलि झिल्ला’ हुने भएकाे छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चका सचिव आशाकाजी श्रेष्ठले सांस्कृतिक सभाहल निर्माणका लागि कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।

हेटौंडा १० मा सांस्कृतिक सभाहलको निर्माण कार्य समेत सुरु भईसकेको उनले जानकारी दिनुभयाे । सभाहल निर्माणको लागि ३० लाख ९७ हजार रुपैयाँ खर्च लाग्ने उनले बताउनुभयाे।

सांस्कृतिक सभाहल नहुँदा जिल्लाका कलाकारहरुलाई परेको समस्या समाधान गर्ने उद्देश्यले भवन निर्माणको सुरुवात गरिएको मञ्चका अध्यक्ष भेष खड्गीले जानकारी दिनुभयाे । उहाँका अनुसार जिल्लामा रहेको कलाकारहरुलाई यस हलले निकै सहयोग पु¥याउनेछ ।

कात्तिक ८ गते हुने कार्यक्रममा हाँस्यकलाकार मनोज गजुरेल, प्रीति आले लगायत जिल्लाका कलाकारहरुको उपस्थिति रहने मञ्चका कोषाध्यक्ष प्रलय चौलागाईले जानकारी दिनुभयाे ।

हेटौंडा १० मा रहेको सोलिड्यारीटि स्कूलको सभाहलमा हुने कार्यक्रममा ५ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान समेत गरेको छ । कार्यक्रममा सहभागितको लागि ५ सय, एक हजार र २ हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*