२ हजार ६ सयले पाए अावास पुनर्निर्माणका लागि स्विकृृति

छहारी संवाददाता
अशोज २८, २०७६

मकवानपुरका २ हजार ६ सय ३९ भुकम्प प्रभावितहरूकाे ऐलानि जग्गामा अावास पुनर्निर्माणका लागि निर्णय भईसकेकाे छ ।

जिल्ला समन्वय समितिबाट जिल्लाका ऐलानि जग्गामा बसाेवास गर्दै अाएका भुकम्प प्रभावितहरू १ हजार ८४९ लाभग्राहिका र प्रवलिकरणमा परेका ७९० लाभग्राहिका गरि जम्मा २ हजार ६३९ लाभग्राहिका अावास पुनर्निर्माणकाे निर्णय भईसकेकाे हाे ।

जिल्ला अायाेजना कार्यान्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधारका कार्यालय प्रमुख विमल किशाेर केपिका अनुसार ऐलानि जग्गामा अावास निर्माणका लागि निर्णय भएका लाभग्राहिका लागि
कार्तिक मसान्तसम्ममा पहिलाे सम्झाैता गरेर पहिलाे किस्ता लिईसकेकाे हुनुपर्ने वताउनुभएकाे छ ।

निर्णय भएकामध्येबाट हालसम्ममा २०० जना मात्र सम्झाैताका लागि अाएकाे हुँदा कार्तिक मसान्त भित्र सम्झाैता गरि पहिलाे किस्ता लिन प्रमुख केपिले अाग्रह गर्नुभएकाे छ ।

असार मसान्त सम्ममा पहिलाे किस्ता लिईसकेकाहरूले भने अन्य भुकम्प प्रभावितहरूलाई पनि उहाँले दाेस्राे किस्ता लिन कार्तिक मसान्त भित्र सम्पर्क गरिसक्नुपर्ने र तेस्राे किस्ता माघ मसान्तसम्म लिईसक्नुपर्ने बताउनुभएकाे छ ।

जिल्लामा २७ हजार ६१४ जनाले पहिलाे किस्ता, २१ हजार ९७३ लाभग्राहिले दास्राे किस्ता र १७ हजार २२९ जना लाभग्राहिले तेस्राे किस्ता लिईसकेका छन । किस्ता लिएका मध्ये जिल्लामा १४ हजार १३५ लाभग्राहिका अावास पुनर्निर्माण सम्पन्न भईसकेकाे

त्यस्तै प्रवलिकरणकाे हकमा भने ७ हजार ४१५ जनाले पहिलाे किस्ता लिएका छन भने ३ जनाले मात्र दाेस्राे किस्ता लियका छन । जसमध्ये ३० जनाले अावास पुनर्निर्माण गरिसकेकाे प्राधिकरणले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*