परिवर्तन महिला बचत तथा ऋण सहकारिमा सविना विडारी निर्वाचित

परिवर्तन महिला बचत तथा ऋण सहकारी सस्था लि.को पाँचाै चुनावि सभाबाट सबिना विडारिकाे अध्यक्षतामा ९ जनाकाे कार्यसमिति निर्वाचित भएका छन ।
अाज भएकाे सहकारि संस्थाकाे १२ औं वार्षिक साधारणसभा तथा ५ औं चुनावी सभाबाट उपाध्यक्षमा देबि पौडेल, सचीवमा सर्मिला न्यौपाने, कोषाध्यक्षमा कविता बर्तौला रहेका छन ।
त्यस्तैगरि सदस्यहरुमा रुकु हुमागाइ, सरिता सिग्देल , पम्फा सुनुवार , इन्द्र माया गोले र दुर्गा सुवेदी रहेका छन ।
हेटाैडा उपहानगरपालिकाकि नगर उपप्रमुख मिना लामाकाे प्रमुख अातिथ्यता तथा विमला बर्ताैलाकाे सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा ३ नम्बर वडाध्यक्ष रामकुमार पुडासैनी , नेपाल बचत तथा रिण केन्द्रिय सहकारी संघ को फिल्ड उअपसमितिको सदस्य बिरेन्द्र ढुङ्गाना विशेष अातिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा ३ जना एकल महिला , ३ जना असल ऋणि र बचत तर्फ ३ जना सेयर सदस्यहरुलाई सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघक कोषाध्यक्ष बिजय बस्नेत, ग्रामीण महिला सेवा केन्द्रको सदस्य मेनुका घिमिरे, राधा कुमारी विस्वकर्मा , कुमार सिंह लामा , शंकर राइ लगायतकाकाे सहभागिता रहेकाे थियाे ।







