ट्राफिक प्रहरिकाे निगरानिमा सुमाे सेवा

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चाडवाडकाे माैका छाेपि यात्रुहरूसंग चर्काे भाडादर लिने गरेकाे जनगुनासाे बढेपछि हेटाैडा देखि काठमाडौं चल्ने सुमाेलाई कडाइसाथ चेकजाँच बढाएको छ ।
यात्रुहरूकै गुनासाेकाे अाधारमा यात्रुहरुसंग बढी भाडा लिएको आशंकामा अाज सामरीमा चेकजाँच गर्दा ४ वटा सुमोलाई नियन्त्रण लिईएकाे थियाे ।
सामान्य अनुसन्धान र चेकजांच पश्चात् नियन्त्रणमा रेहेका सुमाेलाई पुनः गन्तव्यतर्फ पठाईएको जिल्ला प्रहरी कार्यालयका ईन्स्पेक्टर पवन कुमार झाले जानकारी दिए ।
जनगुनासाे संचारमाध्यममा मात्र अाएर हुँदैन यसका लागि सम्वन्धित निकायमा यात्रुहरूले उजुरि गर्नुपर्ने तर यात्रुहरू बाेल्न नचाहने हुँदा कार्वाहिकाे प्रक्रियामा जान गाराे परेकाे झा वताउनुहुन्छ ।
हेटाैडाबाट काठमाण्डाैतर्फ जाँदै गरेकाे ना १ ज ३७८२ नम्बरको सुमोमा सवार यात्रुहरूसंग सुमाेकाे टिकट नभएको भन्दै साे सुमाे चालकलाई रु. ५ सय जरिवाना लगाएर गन्तव्यतर्फ पठाईएको थियाे।
आज चेकजाँचको क्रममा हेटौंडाबाट काठमाडौं चल्ने ना १ ज ३१०७, ना १ ज ३८८२, ना १ ज ७२०५ र ना १ ज १७७८ नम्बरको सुमोलाई जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा पठाईएकोमा कोहि यात्रुले पनि बढी भाडा तिरेको सम्बन्धमा बयान नदिएको समेत उनले बताउनुभयाे ।







