नेपाली काङ्ग्रेसको चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस मकवानपुरले आइतबार चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
कांग्रेस मकवानपुरले असोज २६ गते आतबार कोजाग्रत पूर्णिमाको दिन दशैं, तिहार, छ्ठ तथा नेपाल सम्बत ११४० को आवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको हो ।
२०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि बीपी कोइरालाले २०३४ सालबाट शुरु गरेको चियापान कार्यक्रम दशैंको अवसर पारेर कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन गर्दै आएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति एवं नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष एवं ३ नम्बर प्रदेशसभा सदस्य मुनु सिग्देल, ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरु प्रेमबहादुर पुलामी छिन्तु, कुमारी मुक्तान, सन्तबहादुर चेपाङ, जुनेली श्रेष्ठ, ओम घलान, राप्रपा नेपाल मकवानपुरका अध्यक्ष मधु अधिकारी, संविधानसभा सदस्य एवं मकवानपुर बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमूख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुँमागाईलगाएत पार्टीका जिल्ला नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
हेटाैडा टाईम्स







