राजधानिकाे क्लब भिक्ट्रिमा आगलागि नियन्त्रणमा आउन बाँकि

छहारी संवाददाता
अशोज २७, २०७६

राजधानीको दरबारमार्गस्थित क्लब भिक्ट्रीमा आगलागी भएको छ। 

अहिले साँझ भिक्ट्रीमा अचानक आगलागी सुरु भएको हो। प्रहरी र दमकलको सहायताले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ। यद्यपि, आगो नियन्त्रणमा आइसकेको छैन। 

आगलागीको कारण खुल्न बाँकी छ भने घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

५ वटा दमकल घटनास्थलमा पुुगेको नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। क्लब भिक्ट्रीको माथिल्लो तलामा रहेको ट्रसबाट आगलागी भएको दरबारमार्ग प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*