टायरबाट फर्निचर निर्माणमा सक्रिय युवाहरू(तस्वीरहरु)

सम्झना घिमिरे/ गरे के हुँदैन भन्ने कुरालाई हेटाैडा ९ का युवाहरूले प्रमाणित गरेर देखाएका छन ।
जिल्लामा डेङ्गुकाे प्रकाेप बढ्दै गएपछि हेटाैडा उपमहानगरपालिका कार्यालयले नगर भित्रका टायरहरू राप्ती किनारकाे डम्पिङ साईडमा व्यवस्थापन गरेकाे थियाे ।
साेहि टायरकाे प्रयाेग गरि ध्रुव कार्किले टायरबाट फर्निचर निर्माण गर्ने याेजना बनाए । अाफ्नाे याेजना अनुरूप चार जना क्रियाशिल युवाहरू संलग्न गराई भाद्र अन्तिम सातादेखि टायरका फर्निचरहरू पनि निर्माण गरे ।
यसरि ५ जना युवाहरूले खेर फालियका टायर प्रयोग गरि आर्कषक फर्निचरहरु निर्माण गरि आयआर्जनमा लागेका छन ।
हेटौंडा ९ निवासी ध्रुव कार्कीको नेतृत्वमा स्थानीय ५ युवाहरु मिलेर फालिएका पुराना टायरबाट फर्निचर निर्माणको काम शुरु गरेका हुन् ।
कार्कीले टायरबाट केही नमुना सामान बनाएपछि साथमा बैदेशिक रोजगारमा गइ फर्केका विरेन्द्रकुमार तामाङ, कलेज अध्ययनरत रमन श्रेष्ठ , स्टिल फर्निचर निर्माणमा रहेका जोयल सिंह, कपडा व्यवसाय अमृत कार्की समेत यसै कामबाट आय आर्जन गर्ने बाटो बनाएका छन् ।
१ महिनाअघि टाएरबाट फर्निचर बनाउने काम थालेपछि व्यवसायिक बनाउन यि युवाहरुले उद्योग दर्ताको प्रक्रिया समेत शुरु गरेको बताउछन् । यो काम व्यवसायिकता सँगै रचनात्मक रहेको युवाहरुको भनाइ छ ।
हेटौंडामा डेंगुको संक्रमण व्यापक भएपछि विभिन्न अटोमोबाइल ग्यारेज तथा फलिएका टायरहरु प्रयोग गर्दा टायरको पुन प्रयोग समेत भएको बिरेन्द्रकुमार तामाङले बताउनुभयो ।
टायर फर्निचर सेटको ८ देखि १० हजारमा बेच्ने गरेको उनीहरु बताउछन् । यस्तै साना मुडा, कुर्सीहरू भने प्रतिसेट १ हजार सम्म बिक्री भइरहेको उनीहरुले बताएका छ्न । बिशेषगरि होटल, कटेज, रिसोर्टहरूबाट अर्डर आउने गरेको बताउदै निर्माण शरु गरेको १ महिनाभित्रै ५ सेट विक्रि भईसकेको तामाङले जानकारी दिनुभयो ।







