नेवार आफैमा जाति हो कि होईन अनुसन्धान गर्नुपर्ने तीन नं प्रदेश सभामुख श्रेष्ठ

नेवार आफैमा जाति हो कि होईन अनुसन्धान गर्नुपर्ने अवस्था रहेको तीन नं प्रदेश सभामुख सानुकुमार श्रेष्ठले बताउनुभएको छ ।
नेवार भनेको भाषा हो यसको उत्पति नेपालको उत्पतिसंग जोडियको बताउनुहुँदै सभामुखले आज हेटौडामा आयोजित नेवाः गुठि खल मकवानपुरको शुभ दिपावलि तथा नेपाल संम्वत ११४० को उपलक्ष्यमा शुभकामना अँदान प्रदान तथा सम्मान कार्यक्रममा नेपालमण्डलमा नेतृत्व गरेका नेवार समुदायमाजातिय साम्रदायिक विभेद उत्पन्न नहोस सबै जना नेपाली हौ भन्ने भावनाले भाषा संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सभामुखलेनेपाली धर्म संस्कृतिको संरक्षण गर्न सके मात्र देशलाई धेरै माथि पाउन सकिन्छ भन्दै रञ्जना लिपि नेपालको मात्र नभई विश्वको भाषा भएकोले नेपालका उक्त भाषाको अध्यापन नहुने प्रति दुखेसो प्रकट व्यक्त गर्नुभयो ।
नेपालमा विश्वविख्यात व्यक्तित्वहरूबुद्द, पतञ्जलि , गोरखनाथ, अष्टावक्र लगायतकाको जन्म भयो तर यिनलाई चिनाउने काम अन्य राष्ट्रले गरिरहेको तर आफ्नो राष्ट्रले अस्तित्व समेत जगेर्ना गर्न नसकेको प्रति दुख व्यक्त गर्दै सभामुख भन्नुहुन्छ नेपाल बत्ति मुनिको अधेरो जस्तो भएको छ,आफ्नै देशबाट उत्पति भएका तथ्यहरू आज लोप हुने अवस्थामा रहेको तर अन्य राष्ट्रबाट आर्जन गर्नुपर्ने अवस्थाको सिर्जना भयको छ ।
बुद्द धर्म विज्ञान सम्वद छ जसले जीवन दर्शन दिन्छ भन्दै सभामुखले जिवनशैलि परिवर्तन गरि नेपाली जनताले आफ्नो राष्ट्रको अस्तित्व जोगाउन पाठ्यक्रमलाई परिमार्जन गर्दै लैजाने बताउनुभयो ।







