नेवाः गुठि खल मकवानपुरको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

छहारी संवाददाता
अशोज २५, २०७६

नेवाः गुठि खल मकवानपुरको आयोजनामा आज हेटौंडामा शुभ दिपावलि तथा नेपाल संम्वत ११४० को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

तीन नं प्रदेश सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेवाःगुठि खलका अध्यक्ष अनिल खड्गेको सभापतित्व एवं तीन प्रदेश सांसद तथा नेकपा जिल्ला अध्यक्ष मुनु सिग्देलको विशेष आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सांसद जुनेलि श्रेष्ठ, नेपाल वुद्दिचाल संघका केन्द्रीय अध्यक्ष यकलाल श्रेष्ठ लगायतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मकवानपुर जिल्लामा जन्मथलो भई विभिन्न स्थानमा रहेर नेवार समुदायबाट निजामति सेवामा उच्च पद हासिल गर्न सफल पाँच जना व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

सम्मानित हुने व्यक्तित्वहरूमा निजामति सेवाका उपसचिव गेहेन्द्र राज भण्डारी, बरिष्ठ मुटुरोग विशेषज्ञ प्रेमराज वैध, पर्सा राष्ट्रिय निकुञ्जका संरक्षक अधिकृत अमिर महर्जन, डिभिजन वन कार्यालय प्रमुख राधेश्वरमान श्रेष्ठ र डिभिजन वन कार्यालय दोलखाका कार्यालय प्रमुख सन्तमाया श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा उपस्थित प्रमुख व्यक्तित्वहरूले शुभ दिपावलि तथा नेपाल संम्वतको शुभकामना व्यक्त गर्नुहुँदै नेवारि समुदायले आफ्नो भाषा र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा हेटौडा उपमहानगरपालिका १२ नं वडामा शंखधर शाख्वा पार्क निर्माणको लागि व्यानर खोल्दै सभामुखले उद्घाटन गर्नुभएको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*