चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि काठमाण्डौंमा सरसफाइ
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने पक्का भएपछि काठमाण्डौंलाइ सिगार्ने काम पनि सुरु भएको छ ।
राष्ट्रपति सीको भ्रमण नजिकिदै जाँदा काठमाडौंका सडकहरु सरसफाइ र बगैंचा निर्माणको काम भैरहेको छ । धुवाँ, धुलो र खाल्डा, खुल्डीका कारण बिग्रिएका सडकहरु ममर्तको काम चलिरहेको छ भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकैको तिनकुनेको पार्क पनि निर्माण भइरहेको छ ।
बिशेषगरि सी हिड्ने रुट पारेर सडक मर्मत, कालोपत्रे र भित्तामा रंग रोगन गर्ने काम चलिहरेको छ । दशैंको बिदामा पनि श्रमिकहरु काठमाण्डौंको सडक सजाउनमा तल्लिन भएका छन् ।
सरकारले काठमाडौं महानगरपालिका लगायत सरोकारवाला निकायको सहयोग र सहकार्यमा सडक मर्मत तथा सफा बनाउन थालेको हो । राष्ट्रपति सी यहि महिनाको अन्तिममा नेपाल आउने पक्का भएको छ ।







