दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा

छहारी संवाददाता
अशोज २१, २०७६

बडादशैंको मुख्य दिन मंगलबार विजयादशमी । यस दिन मान्यजनहरुबाट टीका–जमरा थापेर आशीर्वाद लिने चलन छ ।

यस वर्षको दशैंको टीकाको साइत भोली बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको  नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिले साइत नै खोज्नेका लागि १० बजेर ३५ मिनेटको समय उत्तम रहेको जनाएको हो ।

यद्यपि दुर्गा भवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।  विजयादशमीको दिन देवी विसर्जनको साइत मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा रहेको समितिले जनाएको  छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*