अवैध रुपमा ल्याउँदै गरेको खसीबोका नियन्त्रण

बारा प्रहरीले अवैध खसी सहित बोलेरो पिकअप र १ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यलय बाराबाट खटिएको प्रहरी टोलीले कलैया उप महानगरपालिका १ स्थीत भरत चोकमा चेकजाँचको क्रममा भारतबाट भन्सार छलेर ल्याउदै गरेको अवस्थामा बा १७ च ५८६५ बोलेरो पिकअपमा ४९ वटा खसी, ५० वटा बाख्रा र पिकअपका चालकलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विकाशराज खनालले बोलेरो चालक कलैया उप महानगरपालिका ९ का अन्दाजी वर्ष २५ का शेख अफजललाई नियन्त्रणमा लिइएको बताउनुभयो ।
उहाँले नियन्त्रणमा लिइएका अफजलको विषयमा अनुसन्धान सुरु गरिएको समेत जानकारी दिनुभयो । नियन्त्रणमा लिइएको फिकअप र खसी, बाख्रा मुल भन्सार कार्यलय विरगञ्जमा बुझाइएको छ । सीआईएन







