नवरात्रिको अन्तिम दिन आज श्रद्धाभक्ति पूर्वक विशेष पूजाअर्चना गरिँदै

छहारी संवाददाता
अशोज २०, २०७६

बडादसैँ अन्तर्गत आज देशभर महानवमी मनाइँदैछ ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा नवमी अर्थात् नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ ।

प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमी भोलि विसर्जन गर्ने चलन छ ।

कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ ।

यसैबीच हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिएको छ ।  

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*