दशैंका लागि करीब २५ लाखले काठमाडौं छाडे

छहारी संवाददाता
अशोज १९, २०७६

काठमाडौंबाट झन्डै २५ लाख यात्रु बाहिरिएका छन् । हिजोसम्म काठमाडौंबाट बाहिरिनेहरुको संख्या २५ लाख पुगेको यातायात व्यवसायी महासंघले जनाएको छ ।

महासंघका महासचिव सरोज सिटौलाका अनुसार आज र भोलीसम्ममा उपत्यकाबाट बाहिरिनेको संख्या थप १ डेढ लाख हुन सक्छ । महासंघले यो वर्ष अन्य वर्षको तुलनामा बढी यात्रु विभिन्न नाकाबाट उपत्यकाबाट बाहिरिएका छन् ।

यसैबीच, दशैं मान्न आफ्नो जन्मघर जानेहरु बढेसंगै काठमाडौं उपत्यका सुनशान बन्न थालेको छ । दशैको बिदा मनाउन सर्वसाधारणहरु कर्मथलो छोडेर जन्मघर तिर लागेपछि गाउँघर रमाइलो बन्दै गएको छ भने शहर सुनसान बन्न थालेको छ ।

शहरमा बसेर बिभिन्न पेशा व्यवसायमा लागेका व्यक्तिहरु चाड मनाउन गाउँ गएका छन् । उपत्यकाबाट यात्रुहरु बाहिरिएसँग सडकहरुमा सवारी जाम हुने क्रम पनि हटेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*